२०८३ कार्तिक १२ गते
×

Now Playing

सुदूरपश्चिमको नयाँ बजेटमा  बिचौलिया हाबी भएको आरोप

धनगढी, २७ असोज ।  आर्थिक वर्ष सुरु भएको ८५ दिनपछि सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट विवादमा तानिएको छ । अघिल्लो सरकारको बजेटमा बेथिति भएको भन्दै राजनीतिक समीकरण बदलेर बनेको सरकारले ल्याएको बजेटप्रति सत्तारूढ दलकै सांसदहरू असन्तुष्ट देखिएका छन् ।  बिचौलियामार्फत कमिसनको खेल भएको र पहुँचका आधारमा योजना बाँडिएको आरोप लागेपछि सरकार […]

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट 

धनगढी, २७ असोज ।  सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ । त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री […]

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके, २७ असोज ।  बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन् ।  स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय किसानहरू उत्साहित बनेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताए । “कृषि सम्भावना […]

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

वासिङ्टन, २७ असोज (रासस/एएफपी) ।  विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्या एक अर्ब २० करोड पुगेको छ । युएनडीपी र अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकाससम्बन्धी अनुसन्धान केन्द्रले तयार पारेको सन् २०२६ को […]

सात जिल्लाको खाद्य स्वच्छता हेर्ने कार्यालयमा ३८ प्रतिशत दरबन्दी रिक्त

ओम शाही सुर्खेत, २७ असोज ।  कर्णाली प्रदेशका सात जिल्लाको खाद्य स्वच्छता तथा गुणस्तर नियन्त्रणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतमा स्वीकृत दरबन्दीको करिब ३८ प्रतिशत पद रिक्त छन् । खाद्य पदार्थको गुणस्तर परीक्षणदेखि बजार अनुगमन र खाद्य उद्योगको नियमनसम्मका काम गर्नुपर्ने कार्यालयमा प्राविधिक जनशक्तिकै अभाव देखिएको छ । कार्यालयले उपलब्ध गराएको […]

सम्पादकीय : चाडपर्वमा सडक सुरक्षाको चुनौती

कर्णालीमा सडक दुर्घटनाबाट एक वर्षमै एक सय ३५ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १० जिल्लामा भएका एक हजार एक सय ९७ दुर्घटनामा दुई हजार ३०५ जना घाइते भएका छन् । दुर्घटनाको यो भयावह तथ्यांकका बीच दशैँ, तिहार र छठलाई लक्षित गरी ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ । […]

देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

काठमाडौँ, २६ असोज । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

कञ्चनपुर, २६ असोज ।  दशैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने […]

तीन महिनापछि सुदूरपश्चिम  सरकारले ल्यायो ३७ अर्बको बजेट

धनगढी, २६ असोज । चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन् । बजेटको खर्च […]

प्रदेश योजना आयोगका  उपाध्यक्षले लिए शपथ

सुर्खेत, २६ असोज । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मुख्यमन्त्री मंगलबहादुर शाहीले खत्रीलाई शपथ गराएका हुन् । जुम्लाको तातोपानी गाउँपालिका निवासी खत्री कृषि विज्ञ हुन् । शुक्रबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । […]

तीन सय विद्यार्थीलाई ‘स्वेटर’ प्रदान

जुम्ला, २६ असोज ।  सिटिजन्स बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको पातारासी गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई ‘स्वेटर’ प्रदान गरेको छ । विद्यालय परिसरमा शनिबार आयोजित एक कार्यक्रममा आर्थिक रूपमा विपन्न उनीहरूलाई यहाँस्थित बैङ्कका शाखा प्रबन्धक केसाङ लामाले स्वेटर प्रदान गरेका हुन । उनले भविष्यमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रको उन्नयनका निम्ति बैङ्कले […]

चाडपर्वमा सडक दुर्घटना रोक्न  कर्णालीमा कडा निगरानी

ओम शाही सुर्खेत, २६ असोज  ।  कर्णाली प्रदेशमा चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशका १० वटै जिल्लामा विशेष चेकजाँच, मोबाइल गस्ती, यात्रु सहायता कक्ष र आकस्मिक उद्धार टोली परिचालन भएका छन् । तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु […]

सम्पादकीय :   कांग्रेसमा रूपान्तरणको अग्निपरीक्षा

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् । तर, नेतृत्व चयनसँगै कांग्रेसको विवाद अन्त्य भएको छैन । बरु एउटै पार्टीको नाममा दुई नेतृत्व र दुई महाधिवेशनको दाबीले कांग्रेसको एकता, वैधानिकता र राजनीतिक भविष्यलाई थप अनिश्चित बनाएको छ । थापाको विजय नेतृत्व परिवर्तनको उपलब्धि हो, तर विभाजित पार्टीलाई एकताबद्ध बनाउनु र नागरिकको […]