जीएमआरले पाएको माथिल्लो कर्णालीको सेयर संरचना परिवर्तन स्वीकृत
भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीको सेयर संरचना परिवर्तनका लागि दिएको निवेदन स्वीकृत भएसँगै वित्तीय व्यवस्थापन गर्ने बाटो खुलेको छ । लगानी बोर्डको ६० औं बैठकले बिहीबार जीएमआरले बुझाएको सेयर संरचना परिवर्तनलाई स्वीकृत गरेको हो । बोर्डका अनुसार अब माथिल्लो कर्णालीमा जीएमआरको ३४ प्रतिशत, भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास […]




