नेपाली कांग्रेस कालिकोट ‘क’को सभापतिमा धर्मराज सिंहको उम्मेदवारी

हस्त चाैलागाँई
कालिकोट ,१० असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला कालिकोट निर्वाचन क्षेत्र नम्बर ‘क’को क्षेत्रीय सभापतिका लागि धर्मराज सिंहले उम्मेदवारी दिने भएका छन् । सिंह बिगत लामाे समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेका छन् भने उनी तत्कालिन निर्वाचन क्षेत्र नंबर १ का सचिव पनि हुन ।
सिंहले क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै नवीन विचार, दृढ संकल्प र निःस्वार्थ भावनाका साथ पार्टीका प्रतिनिधिहरूको सेवामा आफू उभिएको बताएका छन्। उनले संगठनलाई थप सुदृढ बनाउँदै समृद्धिको यात्रामा अघि बढ्न प्रतिनिधिहरूको साथ र समर्थनको अपेक्षा गरेका छन्।
उम्मेदवारी सार्वजनिक गर्दै सिंहले “तपाईंहरूको माया र विश्वास नै मेरो ऊर्जा हो” भन्दै क्षेत्रीय प्रतिनिधिहरूबाट अमूल्य मत र साथको अपेक्षा रहेको उल्लेख गरेका छन्।
जिल्लाका विभिन्न तहमा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। सिंहले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, नयाँ विचार र प्रतिनिधिमुखी नेतृत्वसँग जोड्दै २०८३ असाेज १३ गते हुने अधिबेशनमा सिंहले आफ्नाे उम्मेदवारी दिने भएका छन् ।






