उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश कमिटीका पदाधिकारीद्वारा सामूहिक राजीनामा

सुर्खेत,१० असोज ।

उज्यालो नेपाल पार्टीको कर्णाली प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन्।

पार्टीका केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै २०८३ भाद्र २६ गते जारी गरिएको पत्रलाई वेवास्ता गर्दा ०८३ भाद्र ०९ गते प्रदेश कमिटीका नेतृत्वकर्ताहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

पत्रमा उल्लेख भएअनुसार पार्टीको विधि, विधान, साङ्गठनिक अधिकार, केन्द्रीय पार्टीको प्रदेश कमिटीप्रतिको दृष्टिकोण, र संस्थागत जवाफदेहिताका विषयमा गम्भीर असहमति पैदा भएको थियो। केन्द्रीय नेतृत्वसमक्ष आफ्ना माग र असहमतिहरू प्रस्तुत गरी विधिम्मत समाधानको अपेक्षा गरिए पनि मागहरूको बेवास्ता गर्दै उल्टै प्रदेश कमिटीमाथि कारबाहीको चेतावनी दिइएकाले यो कदम चाल्नुपरेको राजीनामा पत्रमा जनाइएको छ।

सामूहिक राजीनामा दिनेहरूमा कर्णाली प्रदेश कमिटीका अध्यक्ष विष्णु लाल हमाल, उपाध्यक्ष हिक्मत गिरी र कर्ण बहादुर नेपाली, उप-सचिव मान बहादुर शाहानी (क्षेत्री), कोषाध्यक्ष गोरी कुमारी थापा, तथा सचिवालय सदस्यहरू कल्पना थापा, भगवती गौतम, धन बहादुर ओली र भरत वि.क. रहेका छन्।

उनीहरूले यो राजीनामा कुनै व्यक्ति विशेषविरुद्ध नभई विधि, पद्धति, संस्थागत लोकतन्त्र र राजनीतिक स्वाभिमानको पक्षमा भएको स्पष्ट पारेका छन्। राजीनामा पत्रको बोधार्थ केन्द्रीय सचिवालय तथा कर्णाली प्रदेश इन्चार्ज ठम्मर बहादुर बिष्टलाई पनि दिइएको छ।

उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश कमिटीका पदाधिकारीद्वारा सामूहिक राजीनामा

राप्तीमा पानीको सतह बढेपछि बाँकेका तटीय बस्तीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *