वीरेन्द्रनगर–३ का वडाध्यक्ष  विष्टले छाडे एमाले

सुर्खेत, १० असोज ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का निर्वाचित वडाध्यक्ष विनोदसिं विष्टले एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी जिम्मेवारीबाट अलग भएको जानकारी दिए । यद्यपी, वडाध्यक्षबाट भने उनले राजीनामा दिएका छैनन् ।

विष्ट २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको गढ तोडेर वडाध्यक्षमा विजयी भएका थिए । नेपाली कांग्रेसबाट चार जना वडा सदस्य विजयी हुँदा उनी मात्र एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । विष्टले पार्टी शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि, बढ्दो अलोकप्रियता र जनहितमा ठोस काम गर्न नसकेको भन्दै एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

वीरेन्द्रनगर–३ का वडाध्यक्ष   विष्टले छाडे एमाले

नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन

वीरेन्द्रनगर–३ का वडाध्यक्ष   विष्टले छाडे एमाले

कर्णालीका सडकमा यातायात  सञ्चालन पूणरुपमा रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *