घुँयत्रो:प्रकृतिले रुवायो, बजारले सेकायो, सरकारले अनुगमनको नाटक देखायो !

देश दिन दिन नेपालि मात्रकाे सबैभन्दा ठूलाे चाड दशैंकाे मुखमा जाँदैछ । प्रकृतिले निम्त्याएकाे विपत्तिले सम्पूर्ण नेपालीहरुकाे घरआँगन पिंडामा छटपटाई रहेकाेछ । यहि माैका छाेपेर ब्यापारीहरु दैनिक उपभाेग्यका बस्तुहरुमा मूल्य बृध्दि गरेर उपभोक्ताकाे ढाड सेक्न तुलिरहेकाेछ । सरकार बजार अनुगमन काे नाटक मात्रै हैन कि मूल्य बृध्दि गर्नेहरुलाई कारवाहि गर्छु भन्छ तर कार्वाही भएकाे कतै सुनिन्न । बरु बजार अनुगमनमा हिँडेकाे कर्मचारी उतैबाट सरुवा भएर अर्को कार्यालयमा गएकाे सुनिन्छ । जुनसुकै काम पनि हामी नै गर्छम् अरु कसैले गर्न सक्दैन भनेर पुराना दलहरुलाई सत्ताेसराप गर्ने तर पुरानाले भन्दा राम्रो गर्ने त कुरै छाेडम् उनरले जत्ति पनि गर्न नसक्ने याे सरकारकाे गतिविधि देखि अब त जनतापनि दिक्क मानि सकेकाछन । तर आँफैले राजीखुशीले छानेकाे सरकार भएका कारण सरकारविरुद्ध बाेल्न सकिरहेका छैनन । ऐलेकाे देशकाे बजार भाउकाे स्थिति हेर्दा बवारका हरेक सामानमा ५० देखि २०० प्रतिसतसम्म मूल्य बढि रहेकाेछ । चाहेत्याे ढुवानी भाडाकाे बहानामा हाेस वा सडक बिग्रीएकाे वा तेल र ग्याँसकाे बहानामा किन नहाेस । प्रकृतिले दिएकाे प्रताडना र निरन्तरकाे बर्षातले त झन तरकारीकाे मूल्य बढाउन ठूलै मद्दत गर्याछ । मानिसहरु बेराेजगार छन । मूल्य आकासिएकाेछ । यस्ताेमा नागरिकले दशैं कसरी मनाउँछन । त्याे जनताका लागि सराेकारकाे बिषय भएन । ऐले भै रहेकाे महंगी बारे जनताकाे पक्षमा नभएनि आँफुले खाने गरेकाे क्यान्टिनकाे महंगीलाई देखेर बाँके ३ का सांसदले सदनमा समेत बिराेध गरेका छन । जसले गर्दा महंगीकाे खबर माननीयहरुलाई पनि रैछ भन्नेसम्म जनताले पनि थाहा पाएका छन तर , याे महंगीकाे मारले परम्परागतरुपमा मनाउँदैआएकाे दशैं मनाम् त कसरी मनाम् नमनाम त मूल्यबृध्दिले घाँटी थिचेकाेबेला कुन उपाएले मनाम् भन्ने भएकाेछ । पुराना दलहरुले शासन चलाएकाे बेला यति बिध्न मूल्यबृध्दि भएकाे भए सायद यतिखेर जेनजीका नाममा सडक तातेर उत्पात भै सक्थ्याे हाेला । नागरिकका हरेक दुखसुखमा सहभागी हुने बाचा गरेकाे सरकारकाे हालत त यस्ताे छ । पुराना दल जाे जनताकाे निम्ति कैल्यै सकारात्मक धारणा राख्थेनन उनिहरुकाे शासन भएकाे भए त झन थामी नसक्ने मूल्यबृध्दि भएर याे प्राकृतिक विपदका बेला जनता रुँदै सडकमा हिँडनु पर्थ्याे हाेला । याे अबस्थालाई समग्र मूल्यांकन गर्दा जनताका लागि न हिजोका सरकार न आजका सरकार सबै उस्तै जस्ताे लाग्न थालेकाेछ । बजार भाउ र ब्यापारीहरुकाे नियत हेर्दा जनताकाे घर आँगनमा दशैंले पाईला टेक्दै गर्दासम्म अँझै पनि मूल्यबृध्दि नभएका र भएका बस्तुकाे समेत गरि कम्तिमा १ सय प्रतिसत मूल्य बढाउने दाउमा अँझै ब्यापारीहरु लागि पर्ने देखिन्छ । याे भयाे भने सायद नेपालिहरुकाे जीवनमा याे दशैंतिहार जस्ताे दुखद चाड कुनै हुनेछैन । एकातिर प्रकृतिले दिएकाे पीडा अनि अर्कोतिर व्यापारी र बजारमूल्यले बाेकाएकाे ऋण र दिएकाे पिडाले ०८३ काे दशैं हामी नेपालिहरुका लागि सम्भब त कैल्यै नबिर्सने छाप बनेर मानस पटलमा बस्नेछ । नेपाल र नेपालीहरुकाे दुई तिहाईकाे सरकारले दिएकाे याे मूल्यबृध्दिकाे उपहार चाहेर वा नचाहेर पनि चुपचाप नस्विकारी उपाए छैन । देशकाे युवा वर्गका निम्ति मात्र बनेकाे सरकारले अरु वर्ग अन्यायमा पर्दा हेरेन भन्ने ठाउँपनि छैन । त्यसैले सरकार जे गर्छ , हात खडा गरेर बस्ने सिबाय अर्काे बिकल्प छैन ।

घुँयत्रो:प्रकृतिले रुवायो, बजारले सेकायो, सरकारले अनुगमनको नाटक देखायो !

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो,

Leave a comment

Your email address will not be published. Required fields are marked *