सल्यानको छत्रेश्वरीमा एकै दिन ६ वटा बालमैत्री पुस्तकालय उद्घाटन
सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकै दिन ६ वटा पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका ६ वटा सामुदायिक बिद्यालयमा स्थापना गरिएका बालमैत्री पुस्तकालयको आइतबार एकसाथ उद्घाटन भएको हो । गाउँपालिका र दलित बिकास समाज, रुम टु रिडको साझेदारिमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयहरुमा पुस्तकालय उद्घाटन गरिएको हो । प्रारम्भिक कक्षाका बालबालिकाहरुको पढ्ने सीप र पढ्ने बानीको बिकास […]




