सुर्खेतका चार पालिकामा कोभिडविरुद्धको खोप

सुर्खेतका चार पालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । १३ मंसिरदेखि १८ गतेसम्म वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा खोप अभियान सञ्चालन हुन लागेको हो । मंगलबार वीरेन्द्रनगरमा आयोजित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अन्तर्गत पालिकास्तरिय खोप समन्वय समतिको बैठकमा पाँच वर्षदेखि ११ वर्ष उमेर समुहका बालबालिकालाई खोप दिन लागिएको जनाइएको छ । […]