८५ वर्षीया वृद्धाको आँखाको ज्योति फर्केपछि हर्षित
दाहिने आँखा बन्द भएपछि विगत तिन वर्षदेखि नातिनातिनाको सहयोगमा भित्रबिहिर गर्दै आएकी एक वृद्धाको शल्यक्रियापश्चात आँखाको ज्योति फर्केपछि उनको खुसीको सीमा नै रहेन् । बरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतले उनको आँखाको पट्टी खोलेपछि तपाईं भगवान हुनुहुँदो रहेछ भन्दै ८५ वर्षीया बाचुँ बोहोराले नमस्ते गरिन् । जुम्लाको विकट मानिने पातारासी गाउँपालिका –३ की बाचुँको एक […]




