घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, १ मंसिर ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मुगु जीप दुर्घटनामा परी घाइते भएकाको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन् । छाँयानाथ रारा नगरपालिका–७ मुगु टोप्लास्थित आइतबार भएको बा १७ च १८६४ नम्बरको जिप दुर्घटनाको अवस्था बुझ्न अस्पताल पुगेका मुख्यमन्त्री शाहीले घाइतेको उपचार कमी हुन नदिन चिकित्सकलाई निर्देशन दिएका हुन ।

उक्त दुर्घटनामा परी ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीय अन्जु थापा र ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । घाइते दुवैको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी काठमाडौँ कलङ्कीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । जीप अचानक सडकबाट अन्दाजी ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थपलियाले गाडीमा सवार सबै रारा ताल घुम्न आएका पर्यटक भएको बताए । मुगु जिल्ला अस्पतालका चिकित्सक पुष्पराज भामले घाइते अन्जुको खुट्टा भाँचिएकाले थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको बताए ।

घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै

घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्रीको निर्देशन

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!