विपन्नको उपचार गर्न महायज्ञ 

दाङ, १ मंसिर  । 

विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । दीर्घरोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई सहयोग गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए ।  महायज्ञबाट सङ्कलित रकम कोषमा जम्मा गरिने वडाध्यक्ष वलीले बताए । कोषको रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले पारित गरेपछि भुक्तानी गरिनेछ । 

उपमहानगरपालिकाले सोसम्बन्धी कार्यविधि तयार पारेको छ ।  उनका अनुसार आगामी मङ्सिर ६ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट करिब रु एक करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रूपमा पण्डित अमृतशरण देवाचार्य रहनेछन ।

विपन्नको उपचार गर्न महायज्ञ 

घाइते दुई जनालाई थप उपचारका लागि सुर्खेत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!