मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा अवरोधः उच्च अदालतद्वारा तारिख तोकियो

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समिति र मतदान अधिकृत सहितको टोली निर्वाचनका सबै तयारीहरू पूरा गरिसकेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतको संयुक्त इजलासले २०८१ भदौ २७ मा जारी गरिएको अल्पकालीन आदेशलाई २०८१ आश्विन ६ […]

उच्चले खारेज ग¥यो मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध परेको रिट

उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा २८ भदौमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनविरुद्ध परेको रिट खारेज गरेको छ । स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम ३० असारमा प्रकाशित भएको मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै २७ भदौमा उच्चमा रिट परेको थियो । मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको बीएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा […]

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो । साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टका छैटौँ सेमेस्टरका विद्यार्थीहरूले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा आफूहरूको नाम नराखिएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। विद्यार्थी रञ्जित बिक […]

मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन : ९ विद्यार्थी संगठन दर्ता

मध्यपश्चिम विश्वविद्यालय (एमयु)मा भाद्र २८ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता गरेका छन । बिहिबार बेलुकासम्म उत्साहपूर्वक विश्वविद्यालय विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएका हुन । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आगामी भाद्र २८ गते सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनको लागि स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा बिभिन ९ बटा संगठनहरुले […]