प्रधानमन्त्रीको जिल्ला महोत्तरीमा छठको तयारी पूरा, सुरक्षा व्यवस्था कडा र देशभर एक दिन थप सार्वजनिक बिदा

काठमाडौं ,२७ कार्तिक ।
प्रधानमन्त्री बालेन्द्र शाहको गृहजिल्ला महोत्तरीमा छठ पर्व मनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रतिनिधिसभा सदस्य उज्ज्वल झाले बताउनुभएको छ।

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँगै जिल्लाका विभिन्न छठघाट तथा तयारीको स्थलगत निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार छठ पर्वलाई व्यवस्थित, भव्य र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन मिलाइएको छ।

छठ पर्वलाई लक्षित गर्दै जिल्लाका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा रहेका छठघाटको सरसफाइ, सजावट, प्रकाश व्यवस्थापन र आवश्यक पूर्वाधारको तयारी गरिएको छ। व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजाआजा गर्न सक्ने वातावरण निर्माणमा स्थानीय तह, प्रशासन तथा सरोकारवाला निकाय जुटेका छन्।

पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। छठघाट तथा श्रद्धालु भक्तजनको बढी भीडभाड हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन, ट्राफिक व्यवस्थापन र आवश्यक निगरानीको व्यवस्था मिलाइएको जनाइएको छ।

यसैबीच, छठ पर्वको महत्त्व र आम नागरिकको धार्मिक आस्थालाई ध्यानमा राख्दै सरकारले नियमित बिदाबाहेक थप एक दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। थप सार्वजनिक बिदाले छठ पर्व मनाउन गाउँघर फर्किने तथा परिवारसँग पर्व मनाउन चाहने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने परम्परा छ। महोत्तरीलगायत मधेशका जिल्लामा छठ पर्वलाई विशेष श्रद्धा, आस्था र उल्लासका साथ मनाउने गरिन्छ।

प्रधानमन्त्रीको जिल्ला महोत्तरीमा छठको तयारी पूरा, सुरक्षा व्यवस्था कडा र देशभर एक दिन थप सार्वजनिक बिदा

बर्दियामा एक महिनादेखि आतंक मच्चाउँदै आएको समस्याग्रस्त

प्रधानमन्त्रीको जिल्ला महोत्तरीमा छठको तयारी पूरा, सुरक्षा व्यवस्था कडा र देशभर एक दिन थप सार्वजनिक बिदा

प्रधानमन्त्रीको जिल्ला महोत्तरीमा छठको तयारी पूरा, सुरक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!