मानवबेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै […]

जुम्लामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

जुम्लामा मंसिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अन्तर्गतका कार्यक्रमको समापन गरिएको छ । चन्दननाथ नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा अभियानको औपचारिक रुपमा समापन गरिएको हो । कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड […]

लैंगिक हिंसा न्युनिकरणका लागि सचेतनामुलक नाटक प्रदर्शन

कालीकोटमा लैङ्गिक हिंसा विरुद्ध शनिवार सचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता’ भन्ने यस वर्षको मूल नारालाई आत्मसाथ गर्दै सतेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो । सामाजिक कुरीति कुसंस्कार र अन्धविश्वासका रुपमा अझै पनि समाजमा रहेको छाउपडी प्रथा, महिला हिंसा, लैङ्गिक हिंसा घरेलु हिंसालाई विरुद्ध सचेतना […]

लैङ्गिक हिंसा विरुद्ध जर्मीगाउँमा कानुनी सचेतना

इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा २ नम्बर वडापालिकाको समन्वयमा लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रम गरिएको हो ।