बालविवाह घटाउन बाँकेका युवा सक्रिय

विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग र द […]

सम्पादकीय : समाजको चेत कहिले फिर्ने ?

नेपालको कानुनले २० वर्ष पुरा नभई गरिने विवाहलाई चिन्दैन । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगि हुने विवाहलाई पहिलो पटक बालअधिकार हनन्को महलमा राख्दै दण्डनिय अपराधका रुपमा परिभाषित गरेको छ । नेपाल दक्षिण एसियामा बालविवाह हुने देशहरुमा बङ्गलादेश र भारतपछि तेस्रो स्थानमा पर्दछ । नेपाल त्यसमा प्रदेश अनुसार बालविवाह धेरै हुने […]

कर्णालीमा बालविवाहको डरलाग्दो ग्राफ, कानुनले रोक्न खोज्छ तर सहजै स्वीकार्छ समाज

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मान्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान छ । तर, कर्णालीमा बालविवाहलाई कानुनले रोक्न खोजेपनि समाजले भने सहजै स्वीकार्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । कर्णालीमा अझैपनि ४३ दशमलव ६ प्रतिशत किशोर–किशोरीले २० वर्ष नपुग्दै बिहे गर्ने गरेको तथ्यांकले यसको […]

बालविवाह रोक्न कानुनको कार्यान्वयन भएन्

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनले कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । २५ ओैँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजना तथा प्लान नेपाल जुम्लाको आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि गाउँपालिकाले तयार पारेको रणनीति छलफल कार्यक्रममा बाल विवाहलाई रोक्न थुप्रै ऐन कानुन […]

बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन चुनौती देखिएको छ । उक्त अभियानको सफलताका लागि जिल्लाका विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि, स्थानीय युवाले संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रम गरेपनि मुस्लिम र मधेसी समुदायमा बालविवाह रोक्न चुनौती देखिएको हो । अझै पनि मुसस्लम र मधेसी समुदायमा बालविवाह गर्दाका असर र समस्याबारे बुझाउन नसक्दा अभियान चुनौतीपूर्ण बनेको बाल अधिकारकर्मी साहिल […]

वडा कार्यालयले रोक्यो हुनै लागेको बालविवाह

जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा हुन लागेको बालविवाह रोकिएको छ । जनप्रतिनिधि, कर्मचारी र प्रहरी चौकीको समन्वयमा हुनै लागेको बालविवाह रोकिएको वडा सचिव खड्गबहादुर रावतले बताए।सचिव रावतका अनुसार यहीँ फागुन ९ गते १९ वर्षिया बालक र १७ वर्षिया बालिका बीच बालविवाह हुन लागेको थियो । विवाह गर्ने भनेर बालकको घरमा बालिका लगिसकेको अवस्थामा बालविवाह रोकिएको हो।’पहिले […]

बालविवाह रोक्दै : दलित सञ्जालका किशोरी

जुम्लाको कनकासुन्दी–६ का दलित सञ्जालमा आवद्व किशोरीहरु बालविवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन । बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन । कनकासुन्दरी गाउँपालिका –६ लार्ज गाउँकी सञ्जालकि सदस्य धनदेवी सुनार बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन । उनले भनिन,‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क […]

बालविवाह विरुद्ध जुम्लामा देउडा प्रतियोगिता

जुम्लाको चन्दननाथ नगरपालिका –१० पिपल गाउँकी देवकी (खत्री) गिरी गाउँ बस्तीमा बालविवाह विरुद्धको देउडा भाका घन्काइकी छिन् । गिरीसँग ४ जना महिलाहरुको टिम नै छ । त्यो टिमले बालविवाह लगायतको सामाजिक कुरीतिविरुद्धको सचेतना फैलाइरहेको छ । मेला पर्वहरुमा,विवाह,भोजहरुमा वा कुनै पनि सुखद कार्यहरुमा गाइने देउडा भाकाहरु उनीहरुले सन्देशमुलक बनाइरहेका छन् । उसो त उनको समूह […]

पछुताउँदै छन्: बालविवाह गरेका जोडी

नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ–‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ । त्यस्तै सरकारले गर्ने गरेको ‘विहेवारि २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरुमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन् । उनीहरु सानै उमेरमा विहे गरे । समय बित्दै गएपछि सानो उमेरमा गरिएको विहेका समस्याहरु […]

तीन स्थानीय तहमा घट्दै बालविवाह

जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् । यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय […]

कालिकोटमा बालविवाह दर घट्यो, यस वर्ष बालविवाह सम्बन्धीका उजुरी शुन्य

कालिकोटमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार विगतमा यहाँ प्रहरीमा बालविवाह सम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षको बिचमा घटेर चारवटा मात्र उजुरी परेको जनाएको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने […]

बालविवाह विरुद्धको संजाललाई अभिमुखीकरण

जनगाणना २०७८ अनुसार कर्णालीमा ७२ र ५० प्रतिशत बालविवाह रहेको र सवैभन्दा बढि रुकुम, ७१ र ०६ प्रतिशत, दैलेख ७० प्रतिशत, सल्यान ६९ र ६७ प्रतिशत, जुम्लामा ६९ प्रतिशत रहेको बालविवाह विरुद्धको साझा सञ्जाल कर्णालीको तथ्यांकमा उल्लेख छ ।