लोकसेवाले माग्यो ५ सय ३७ खरिदार

लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ । आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो । आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा […]

लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा शुरु

लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन हुने गरेको छ । जसअनुसार सुर्खेतमा चौथो सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन सङ्घीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरे । उनले लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र […]

कर्मचारीको स्तरवृद्धि अवैध

लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहहरूले गर्ने कर्मचारीहरूको स्तरवृद्धि अवैध भएको बताए । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा कार्यालय प्रमुखहरूसँग भएको छलफलमा अध्यक्ष रेग्मीले कर्मचारीको स्तरवृद्धि र करारमा कर्मचारी भर्ना अवैध रूपमा हुने गरेको बताए । उनले दरबन्दी सिर्जना नगरेर, आवश्यकता नहेरेर, आयोग र सम्बन्धित कार्यालयलाई जानकारी नदिएर स्तरवृद्धि गर्ने र करारमा कर्मचारी भर्ना […]

अब लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पुरुष र महिलाको उमेर कति त ?

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा पुरुषको उमेर ३२ र महिलाको उमेर ३७ बर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुनुपर्ने उल्लेख गरिएको छ । संघीय संसदमा दर्ता भएको सो विधेयकमा यस्तो व्यवस्था गरिएको हो । यसअघि पुरुषहरूले ३५ वर्ष र महिलाहरूले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउथे । ४० बर्षको उमेरमा सेवा प्रवेश गरेका महिलाहरू […]