ठेकेदार कृते मुद्दामा परेपछि सिटी हल सजावट अलपत्र
ठेकेदार कृते मुद्दामा तानिएपछि वीरेन्द्रनगर स्थित सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम अलपत्र परेको छ । पूर्वाधार निर्माणभएपछि सभाहल भित्रको साजसज्जा, सजावटतर्फको काम अलपत्र परेको छ । नक्कली कागजपत्र पेश गरेर ठेक्का पाएको प्रमाणित भएपछि ठेकेदार कृते मुद्दामा तानिएका हुन् । सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको कामको ठेक्का मजदुर पी.एस. जेभी सुर्खेतले पाएको […]




