डोल्पा जोड्ने भेरी करिडोरमा सवारीसाधनबाट शुल्क उठाउन नपाइने
डोल्पा जोड्ने भेरीकरिडोरअन्तर्गत पर्ने तल्नुबगरस्थित भेरी नदीमा लगाइएको ह्युमपाइपको पुलमा अबदेखि अनधिकृत रुपमा शुल्क उठाउन नपाइने भएको छ । जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको नेतृत्वको सुरक्षा निकायका प्रमुख, नलगार्ड नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले स्थानीय युवाहरूसँग छलफल गरेर अनधिकृत रुपमा शुल्क नउठाउने सहमति गरेको हो । स्थानीय युवाहरूको समूहले अनधिकृत रुपमा शुल्क उठाउन थालेको गुनासो […]




