घुँयत्रो: काङ्ग्रेसमा गुठै गुठ : देउवा–कोइराला छुट्याउँदै थिए, गगन आएपछि गुठ खोज्दै हिँड्नुपर्ने भयो !

गुठबन्दिबिनाका दलै नजन्मने याे देशाँ काँग्रेसका दुईगुठ हुँदासम्म त काे कुन गुठ र काे कुन गुठ भन्ने त था हुन्थ्याे कि ! तर ,ऐले जब गगनले पाटि कब्जा हान्दे त्यसपछि त काे कुन गुठ काे ,काे कुन गुठ काे चिन्नै गाह्रो भै गाे के । पैला देउबा गुठ र काेईराला गुठ भनेर बुझिरा बेलाँ एक्कासी जेनजीकाे हावा लागेर गगन गुठ जन्मेछि काेईराला गुठ र देउबा गुठका काे कतालाए चिन्नै पनि गाह्राे के ! साेध्न भएन उल्टै झपाराई खाईएला भन्ने डर ! अनि गुठ चिन्ने अबसर भन्या यै चुनाब त हाे । चुनाबका बेलाँ नि कार्यकर्तालाई भाेटहाल्न देर बाईराट हेर्ने मान्छेले नि सजिलै गुठ चिन्न दे पाे हुन्थ्याे ! सर्वसम्मतिका नाममा आफू मात्रै ठालु बनेर तँ बस् अनि तँ उठ गर्देछि काँट हुँदाे के ! ऐलेकाे चुनाबाँ विग्रेकै सर्बसम्मति गराउन खाेज्दाहाे । खासमा ऐले गगन काे पाटिले महाधिवेशन गर्न लाएछि चुनाबका बेलाँ सुर्खेत २ मा चल्या रण संग्राम हेर्दा यति कुरा भा हुन र यति लेख्न पर्या हाे नत्र काँग्रेसका बार्याँ खाेजिनिति गरेर हिँडने फूर्सद कल्लाई छ के ! असाेजकाे लाग्दै यानेकि ४गते नै सक्किनु पर्ने चुनाब सुर्खेतका २ नं क्षेत्रका अरु पालिका र नगराँ त सर्वसम्मतिका नाममा नेताहरले आफ्ना मान्छेलाई ल्याउन अरुलाई अमिलाे निचाेरे जसरी निचाेरेर ल्याए र हाल्या दरखास्तनि रगतका आँसु प्याएर झिक्न लाए । सजिलालाई नाना नाैटङ्कि गरेर दरखास्त झिक्न लाएनि वीरेन्द्रनगर ३ काे प्रतिनिधि विवादका कारण कसैगरि चुनाब गराउन नसकेछि त्यल्लाई थाँति राखेर महाधिवेसन प्रतिनिधि छान्न २ नम्बरकाे क्षेत्रीय सदर मुकाम बाबियाचाैराँ तँछाड मछाड गर्दै पुगेका नेता तथा कार्यकर्ताकाे गुठबन्दिले कुनै परिणाम ल्याउन सकेन ।चुनाब अनिश्चित हुँदै गर्दा गाेडा आठेक दिनपछिकाे निरन्तरकाे निस्ताे भातखाई सकेछि बल्लतल्ल अरु सब्बै प्रतिनिधिकाे चुनाब महाधिवेशन पछि गरेनि महाधिवेशन प्रतिनिधिकाे चुनाब गरेर महाधिबेसनाँ ठ्याउसे ठालु बन्न जाने कुराँ सुर्खेत काँग्रेसका तिन्टै टाउके तयार भएनि शुक्रबारसम्म चुनाब हुने निष्कर्षाँ पुग्न सक्याछैन । यद्यपि केन्द्रीय प्रतिनिधिले ३ नम्बरवालाहरुसित वार्ता गरेर सहमति कायम गरि सक्याछन भन्ने छ । तर ,३ नंका प्रतिनिधि अर्थात नयाँ गुठले भन्याजति महाधिवेशन प्रतिनिधि पाउनु पर्याे त्याे चुनाब गरेर हैनकि सर्वसम्मतिमा । यिनिहरकाे अडानले गर्दा हिजाेसम्म मिलाउन खाेज्ने २ गुठहरु, फेरि चुनाब बेगर सहमतिमा पद दिन नसकिने भनेछि ऐले कार्यकर्ता बीच लकधनि जारीछ । उता महाधिवेशनाँ जाने दिन आई सके भाेलि १७ गतेसम्म चुनाब गरेर प्रतिनिधिकाे मुठाे लगेर गगनलाई नबुझाउँदासम्म गगनकाे विश्वासिलाे बन्न सक्ने अबस्था छैन । दुईदुईटा केन्द्रीय सदस्य त्याे पनि दुई नम्बर क्षेत्रकै गगन गुठकै । तर जिल्ला चाईँ हिजाे देउवाकाे पकडमैथ्याे तर ऐले कस्काे भा छ चुनाब नगरि था पाउन गाह्रैछ । अनि गगनका साथिहरु देउबाकाे ठाउँबाट सब्बै प्रतिनिधि आफ्नै ल्याउँछम भनेर गगनलाई विश्वास दिलाकाे अबस्थाँ चुनाउ गराएर महाधिवेशन प्रतिनिधि यानेकि गगनकै भाेटर लिएर जान नसक्ने हाे भने उनका अगाडि कसरी मुख देखाउने ,बिचरा सुर्खेतका केन्द्रीय सदस्यहरुलाई मर्नु हाेला जस्ताे छ । आफ्नो पकड बनाउलान भनेर दुईदुई जना केन्द्रीय सदस्य बनाएर पठाका गगनका यी केन्द्रीय सदस्यलाई ऐले साँच्चिकै अपठ्याराे पर्या हुनाले छुट्टै गगनकाे गुठकाे रुपाँ नेता त जन्माए । तर ,त्याँ पनि गगनकै दुई गुठ मध्ये याैटा एकातिर र अर्को अर्कोतिर फर्क्याछ भन्ने सुन्नमा आएर पाे गाह्राे भाे त । ऐलेसम्मकाे परिणाम हेर्दा महाधिवेशन प्रतिनिधिकाे चुनाब नगरिकन ३ नम्बरका आन्दोलनकारीले मनग्याजति सिट दिन सक्ने स्थिति रह्याे र तिन्टै गुठले बराबर प्रतिनिधि बाँडे भने चुनाबि कार्यक्रम सफल भाे हैन भने भएन भन्ने बुझ्नु पर्ने भाे त्यसैले नेताजीहरु के गर्नु हुन्छ त अब । “काेई राड्या नखाने काेई काड्या नखाने ” भन्याझैँ काेई चुनाब गर्नै नदिने काेई चुनाबमै जाने भएछि अब राजनीतिलाई तिन्टै नेताले बाँडि खानु हुन्छ कि चुनाबाँ जाम जे त हाेला भन्नू हुन्छ । २ नं क्षेत्रकाे महाधिवेशन प्रतिनिधि चयन तपाईंहरकै हाताँ रयाे हैन र ? महाधिवेशन प्रतिनिधि भएर जाम्ला र काेई केन्द्रीय सदस्य बनम्ला काेई अरु केई बनम्ला र विपक्षिहरकाे ताई देखाम्ला भनेर ख्वाव पालिरा बेलाँ चुनाव वा छनाैट गर्नै नभ्याएर महाधिवेशन प्रतिनिधिबाटै फुत्किनु हाेलानि बिचार गरेर कदम चाल्नु हाेला । जयनेपाल !



