महिला किसानलाई सुत्केरी भत्ताको व्यवस्था गर्न माग
राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले कर्मचारीले सुत्केरी बिदा र अन्य सुविधा पाएजस्तै महिला किसानले पनि सुत्केरी भत्तासँगै सरकारी सुविधा पाउने व्यवस्था गर्न माग गरेका हुन् । […]




