कतारका राजा आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय
कतारको राष्ट्र प्रमुखसमेत रहेका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले मंगलवार सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । […]




