जुम्लामा ८४ हजार भेडा
पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् । बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । […]




