कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा डक्टर फर नेपाल नामक संस्थाको सहकार्यमा ४ जनालाई विशेषज्ञ चिकित्सक बन्नका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ । आईतवार काठमाडौंको सेतोपुलमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रम गरी उक्त जानकारी गराइएको हो । दुर्गममा सेवा दिने विशेषज्ञ चिकित्सकको अभावको समस्यालाई केही हदसम्म भए पनि हटाउनका लागि यस्तो गरिएको […]



