भैरहवा भन्सारबाट ३९ अर्ब राजस्व असुली
भैरहवा भन्सार कार्यालयले पाँच महिनामा ३९ अर्ब १६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा यो १९ प्रतिशतले बढी हो । विगत तीन वर्षसम्म खस्केको भन्सार राजस्व संकलनलाई चालु वर्षदेखि सुधारोन्मुख गराउन कार्यालय सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘भन्सार विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसकेको […]




