गुठिचौरका ज्येष्ठ नागरिकलाई वडापालिकाको कम्बल

जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा चिसोले जनजीवन प्रभावित भएको छ । बृद्धबृद्धाहरु, बालबालिकाहरू बिहान बेलुकाको समयमा चिसोले घर बाहिर निस्कन सक्ने अवस्था समेत छैन । पुष महिनाको कठ्याङ्ग्रिँदो चिसोबाट प्रभावित विपन्न नागरिक, बृद्धबृद्धाको समस्यालाई मध्यनजर गर्दै जुम्लाको जुम्लाको गुठिचौर गाउँपालिका–५ का जेष्ठनागरिक कम्बल वितरण गरिएको छ । दुई सय ३३ जना जेष्ठ नागरिकलाई कम्बल […]

जाडोले जनजीवन प्रभावित

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए । तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताए । […]