किसानद्वारा ११ करोडको धान बिक्री

बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब रु. ११ करोड बढीको धान बिक्री गरेका छन् । गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई रु. ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६ सय […]

कैलालीमा तीन लाख २४ हजार मेट्रिक टन धान उत्पादन

कैलालीमा यस वर्ष तीन लाख २४ हजार ८८४ मेट्रिक टन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ४.७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको कृषि […]

दाङमा एक लाख ७९ हजार टन धान उत्पादन

दाङमा यस वर्ष एक लाख ७९ हजार टन धान उत्पादन भएको छ । धान लगाउने क्षेत्रफल बढेको कारण उत्पादन वृद्धि भएको हो । जिल्लामा ३९ हजार चार सय हेक्टरमध्ये यस वर्ष ३६ हजार एक सय आठ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । गत वर्ष ३५ हजार एक सय ८४ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको थियो […]

कालानमक धानको अस्तित्व संकटमा : संरक्षण र प्रवर्द्धनको आवश्यकता

सरला सुवेदी । नेपालको पश्चिम तराईका फाँटहरूमा पहिलेदेखि नै महत्वपूर्ण मानिने रैथाने कालानमक धान लोप हुने अवस्थामा पुगेको छ। लगानीअनुसार प्रतिफल नपाएको भन्दै कृषकहरूले यसको खेती गर्न छाड्दै गएपछि यो समस्या देखिएको हो। एक समय आफ्नो बासना र स्वादका कारण प्रतिष्ठाको प्रतीक बनेको कालानमक धान अहिले खेतबारीबाट हराउन थालेको छ। खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयका बाली […]

अझै पनि धान बिक्री गर्न सहज छैन किसानलाई

विक्रम बुढा क्षेत्री । बाँके जिल्ला धेरै सुगम जिल्ला हो । तर अचम्म यहिँका किसानहरुलाई अझै पनि धान बिक्री गर्न सहज छैन । प्राय जिल्लाका धेरै किसानहरु आफूले उत्पादन गरेको धान बिक्री गर्न कम्तीमा दुई दिन संघर्ष गर्नु पर्छ या बिचौलीयालाई बिक्री गर्नु पर्ने वाध्यता छ । कारण बाँकेमा एउटामात्रै धान बिक्री र खरिद केन्द्र छ, […]

दाङमा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै […]

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले बताए । भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन […]

दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा

जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” उनले थपे, “यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो । धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा […]

हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

हुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था र वर्षा भएको कारण छिट्टै रोपाइँ सम्भव भएको हो । चङ्खेली गाउँपालिका–२ का किसान जानकी शाहीले धेरै धान खेती हुने दार्म जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले ९८ प्रतिशत रोपाइँ सकेको बताउँदै सिँचाइ सुविधा भएको कारण पानी नपरेको […]

भर्खरै रोपेको धानमा फेद कुहिने रोग देखिएपछि सल्यानका किसान चिन्तीत

भर्खरै रोपेको धानमा रोग लागेपछि सल्यानका किसान चिन्तामा परेका छन् । धानबालीमा फेद कुहिने, पात पहेँलो हुने, सुक्ने जस्ता समस्या देखिएपछि यहाँका किसान चिन्तीत भएका हुन् । विशेष गरेर जिल्लाको छत्रेश्वरी गाउँपालिकाको गरिज्युला, सांगार लगाएतको क्षेत्रमा किसानले भर्खरै रोपेको धानवालीमा समस्या देखिएको हो । छत्रेश्वरी, ६ सांगारकी कृषक सुन्तली विष्टले गत असारको १९ र २० […]

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ । छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ थालिएको होे । कृषि विकास कार्यालयको आयोजनामा छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो । समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छुमचौरमा धानखेती भएपछि जिल्लामा विविधरुपमा रोपाइँ सुरु भएको कार्यालय प्रमुख […]