ओम शाही
सुर्खेत, ६ मंसिर ।
यस वर्षको नेपाल प्रिमियर लिंग (एनपीएल) को उपाधी सुदूरपश्चिमले चुमेको छ । शनिबार टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलको फाइनलमा लुम्बिनी लायन्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले उपाधी चुमेको हो । एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा लगातार फाइनलमा पुगेको सुदूरले पहिलो पटक ट्रफि उचाल्न सफल भएको हो ।
गत वर्ष भएको एनपीएलको दोस्रो संकरणको उपाधि लुम्बिनीले उचालेको थियो । लुम्बिनीले दिएको एक सय ५६ रनको लक्ष्य १३.३ ओभरमा बिनाविकेटको क्षतिमा सुदूरपश्चिमले पूरा गर्यो । सुदूरपश्चिमको जितमा स्कटल्यान्डका आक्रामक ब्याटर जर्स मुन्सीले एक सय २५ रनको शतकीय पारी खेले । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा त्यसअघि सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । कप्तान रोहितले ३० रनमाथिको तिन वटा साझेदारी गरेपछि लुम्बिनीले प्रतिस्पर्धात्मक रन बनाउन सफल भयो । रोहितले दोस्रो विकेटका डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिवेल्लासँग ३९ र चौथो विकेटका लागि दीलिप नाथसँग ३४ रनको साझेदारी गरे । रोहित ३१ बलमा दुई चौका सहयोगमा ३० रन बनाउँदा रनआउट भए । निरोशन डिकवेल्लाले २८ रन बनाउँदा थरिन्दु रत्नायकेको बलमा बोल्डआउट भए ।
ओपनर डार्सी सर्ट १८ बलमा चार चौका सहयोगमा २१ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीको बलमा बोल्डआउट भए । सन्दीप जोराले चार र आशिफ शेखले एक रन बनाउँदै पेभेलियन फर्के । छैटौँ विकेटका लागि दिलिप र अली शेखले ३३ रनको साझेदारी गरे । १२ बलमा दुई चौका र दुई छक्का सहयोगमा २४ रन बनाएका अली शेख हेमन्त धामीको बलमा क्याच आउट भए । दीलिप ३९ र रुवेन ट्रम्पलमेन चार रनमा अविजित रहे। दीलिप ३१ बलमा तीन छक्का हाने । सुदूरपश्चिमका लागि स्कट कुगलाइनले दुई , हेमन्त धामी, थरिन्दु रत्नायके र दिपेन्द्रले समान एक विकेट लिएका थिए ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर जर्ज मुन्से एक सय २५ र विनोद भण्डारी ३० रनम अविजित रहे । यो एनपिएलमा शतक पूरा गर्ने मुन्से तेस्रो खेलाडी हुन् । यसअघि चितवनका कमिल मिसाराले काठमाडौ गोर्खाजविरुद्ध र पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णालीविरुद्ध शतक हानेका थिए । समग्रमा एनपीएलमा यो छैटौँ शतक हो । मुन्सेले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे । २७ बल खेलेका भण्डारीले तीन चौका प्रहार गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनी लायन्सका लागि दिलिप नाथ ३९ र रुबेन ट्रम्पलम्यान चार रनमा अविजित रहे । ३१ बल खेलका दिलिपले तीन छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० र निरोसन डिकवेलाले २८ रनको योगदान दिए । ३१ बल खेलेका रोहितले दुई चौका प्रहार गरे । डिकवेलाले १७ बलमा एक चौमा र दुई छक्का प्रहार गरे । अलि शेखले २४ रन जोडे । १२ बल खेलेका अलीले दुई चौका र दुई छक्का प्रहार गरे । ओपनर डार्सी सटले २१ रन जोडे । १८ बल खेलका डार्सीले चार चौमा प्रहार गरे । सन्दीप जोरा चार र ओपनर आसिफ शेख एक रनमा पभिलियन फर्किए । सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगेलेनले दुई तथा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थारिन्दु रत्नाऐकेले समान १–१ विकेट लिए ।
तेस्रो प्रयासमा सुदूर बन्यो च्याम्पिएन
सुदूरपश्चिम एनपीएलमा लगातार तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो । सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो । उक्त हारको बदला लिँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो । विजेता सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । भने, उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।
त्यस्तै, तेस्रो बनेको चितवन राइनोजले ४० र चौथो बनेको काठमान्डु गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । एनपीएल नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज प्रतियोगिता हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा २०८१ देखि सुरु भएको यो प्रतियोगिताले नेपाली क्रिकेटलाई व्यावसायिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास गरेको छ । क्यानको आयोजनामा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) ले तीन संस्करण पार गर्दा नेपाली क्रिकेटमा फ्रेन्चाइज प्रतियोगिताको छुट्टै पहिचान बनाएको छ ।
२०८१ सालदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म तीन टोलीले उपाधि जितेका छन् भने सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक उपाधी प्रतिस्पर्धामा पुगेको थियो । एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन भएको थियो । आठ टोली सहभागी पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर पहिलो एनपीएल च्याम्पियन बनेको थियो ।
पहिलो संस्करणमा सुदूरपश्चिमले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा उपाधि जित्न सकेन । दोस्रो संस्करण २०८२ मंसिर १ देखि २० गतेसम्म सञ्चालन भएको थियो । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स दोस्रो संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकी अंकतालिकाको पुछारमा पुगेको थियो । यसपटक लुम्बिनी लायन्सले उपाधि जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको दोस्रो विजेताका रूपमा आफ्नो नाम लेखायो ।
पहिलो संस्करणमा कमजोर प्रदर्शन गरेको लुम्बिनीले दोस्रो संस्करणमा उपाधि जित्नु प्रतियोगिताको उल्लेखनीय पक्ष बन्यो । तेस्रो संस्करण २०८३ कात्तिक १० गतेदेखि सुरु भएको थियो । आठ टोलीबीच प्रतिस्पर्धा भएको यस संस्करणको फाइनल शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भएको थियो । लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक उपाधी जित्ने लक्ष्यमा थियो भने लुम्बिनी लगातार दोस्रो उपाधी जित्ने प्रयासमा थियो । तर, लुम्बिनीको उपाधी जित्ने यसपटकको सपना तुहिएको छ ।


