२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

लुम्बिनि प्रदेशमा २५ प्रतिशत कुष्ठरोगी फेला

बाँके ,६ मंसिर ।
नेपाल सरकारको प्रतिवेदन अनुसार २५ प्रतिशत कुष्ठरोगी लुम्बिनी प्रदेशमा फेला परेका छन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा दुई हजार ५०० नयाँ कुष्ठरोगी पहिचान भएका छन् । तीमध्ये २५ प्रतिशत लुम्बिनी प्रदेशका रहेको आइएनएफ नेपाल, साइनिङ अस्पताल बाँकेले जनाएको छ ।
लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश भएको आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रूपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासीलगायत जिल्ला कुष्ठरोगको जोखिममा छन् । नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ अस्पतालको सेवाक्षेत्रभित्र पर्छन् । लुम्बिनी प्रदेशमा बालबालिकामा समेत कुष्ठरोगको सङ्क्रमण देखिएको र त्यसको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो ।
कुष्ठरोगको पहिचानमा ढिलाइ हुनुमा गरिबी, स्वास्थ्य सेवामा पहुँचको अभाव, सामाजिक भेदभाव र लाञ्छना प्रमुख कारण रहेको डा. बुढाको भनाइ छ । बाँकेको जानकी गाउँपालिका–मानपुरस्थित साइनिङ अस्पताललाई लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै कुष्ठरोग तथा उष्ण उपेक्षित रोगसम्बन्धी सेवाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।
हाल क्षेत्रीय प्रेषण केन्द्रका रूपमा सञ्चालन भइरहेको अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार केन्द्र बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । यो योजना नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिसँग सम्बन्धित रहेको छ ।
हालसम्म आइएनएफका पोखरास्थित हरियोखर्क अस्पताल, सुर्खेतस्थित साइनिङ अस्पताल र बाँकेको साइनिङ अस्पतालबाट छ हजार ७९ जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने रणनीति लिएको उहाँको भनाइ छ ।

लुम्बिनि प्रदेशमा २५ प्रतिशत कुष्ठरोगी फेला

नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र

लुम्बिनि प्रदेशमा २५ प्रतिशत कुष्ठरोगी फेला

लुम्बिनि प्रदेशमा २५ प्रतिशत कुष्ठरोगी फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!