वीरेन्द्रनगरका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातबाट निधन
वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातका कारण निधन भएको छ । मंगलवार विहान ११ः३० बजेको समयमा ४८ वर्षीय क्षेत्रीको प्रदेश अस्पताल कालागाउँमा निधन भएको हो । मंगलवार बिहान ९ बजे उनी वीरेन्द्रनगरको बुलबुलेमा डुंगा उद्घाटन कार्यक्रममा उद्धोषण गरेका थिए । कार्यक्रम समापनपछि छाती दुख्यो भन्दै गाडीसम्म हिडेरै आएका उनी लगत्तै बेहोस भएका थिए । […]



