व्यापारीहरूले आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता, कनिका धेरै भेटियो

नेपालगञ्जका व्यापारीहरूले भारतबाट आयात गरेको ८५ हजार किलो चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतमै फिर्ता गरिदिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा अर्थात् कनिकाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता गरेको विभागले प्रेस नोटमार्फत जानकारी गराएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले निकालेको प्रेस नोटअनुसार नेपालगञ्ज एकीकृत जाँच चौकीमा रहेको विभागअन्तर्गतको खाद्य […]