चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख

काठमाडौं ,४ कार्तिक ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले दशैंजस्ता चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई थप मजबुत गर्ने बताएका छन् ।
नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन र सशक्त बनाई विविधताबीचको सौहार्द एकतालाई मूर्त रुप प्रदान गर्न माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।

‘जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानून निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशिल र प्रतिवद्ध छ,’ शुभकामना सन्देशमा भनिएको छ ।
उनले विजय दशमीको यस सुखद् घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । उनले विजयदशमीले समस्त नेपाली जनहरुमा नवीन् ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको संकल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन् ।
सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दशैंलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा मनाइने उल्लेख गरेका छन् । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

चाडपर्वले नेपालीहरुबीच पारस्परिक मेलमिलाप, भ्रातृत्व र सामाजिक एकतालाई मजबुत बनाउँछ : सभामुख

आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!