दाङमा ६४ लाखका खसीबोका खरिद

यस वर्ष दशैंको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब ६४ लाख रुपैंयाँको खसीबोका खरिद गरेको छ । उक्त मूल्यका ३ सय ८६ वटा खसीबोका खरिद गरी काठमाडौं पठाएको हो । जिल्लाका विभिन्न स्थानबाट खसीबोका खरिद गरेर काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । व्यापार […]

दसैँका लागि सल्यानबाट ६ करोडका खसीबोका निकासी

दसैँका लागि सल्यानबाट ६ करोडका तीन हजार खसीबोका निकासी भएका छन् । कपुरकोट, कालीमाटी र सल्लीबजार नाकाबाट दसैँका लागि ६ करोडका तीन हजार वटाभन्दा धेरै खसीबोका निकासी भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दिएको जानकारी अनुसार त्रिवेणी गाउँपालिकाबाट तीन सय, कपुरकोटबाट एक हजार, कालीमाटी गाउँपालिकाबाट पाँच सय, बन्गाड कुपिण्डे नगरपालिकाबाट तीन सय […]

७२ करोडको खसीबोका बिक्री

व्यावसायिक रूपमा बाख्रापालन हुन थालेपछि सल्यानबाट खसीबोका निकासी हुने क्रम बढेको छ । गत आर्थिक वर्ष मात्रै सल्यानबाट ७२ करोड रुपैयाँभन्दा बढीको खसीबोका निकासी भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार खसीबोकाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बाख्रापालनलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख […]

एक वर्षमा २ करोड बढीका खसीबोका बिक्री गरी आम्दानी

सल्यानको त्रिवेणी गाउँपालिकाका किसानले खसीबोका बिक्री गरी एक वर्षमा दुई करोड ३६ लाख आम्दानी गरेका छन् । व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा मारमा परेका किसान त्रिवेणी गाउँपालिकाले सहकारी मार्फत बजारीकरण गर्न थालेपछि किसानहरू खुशी भएका छन् । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारी मार्फत नै व्यापारीलाई बिक्री हुँदै आइरहेको छ […]