बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो। न्यायाधीश शिशिरराज […]



