मानव–बाघ द्वन्द्व समाधानका लागि बाघ संरक्षण केन्द्र स्थापना गर्न सम्झौता

काठमाडौँ, १४ असोज ।

मानव–बाघ द्वन्द्व समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रवर्‌द्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित द वाइल्ड एनिमल सेन्चुरीबीच आज अमेरिकामा सम्झौता भएको छ ।

सम्झौतामा कोषका सदस्य सचिव डा चिरञ्जीवीप्रसाद पोखरेल र द वाइल्ड एनिमल सेन्चुरीका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका हुन । हस्ताक्षर समारोहमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकाल पनि उपस्थित थिए ।

सम्झौताअनुसार चितवनस्थित देवघाटमा बाघ संरक्षण केन्द्र स्थापना गरिनेछ । केन्द्रमा मानव–बाघ द्वन्द्वमा परेका तथा जङ्गलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघका लागि सुरक्षित आश्रय र आवश्यक संरक्षणको व्यवस्था गरिनेछ । 

प्रस्तावित केन्द्रले द्वन्द्वबाट प्रभावित बाघको हेरचाह, संरक्षण तथा व्यवस्थापनमा काम गर्नेछ । यसबाट पशु कल्याण तथा स्थानीय समुदायको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोषका अनुसार यस सहकार्यले बाघ संरक्षणलाई थप प्रभावकारी बनाउनुका साथै वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तुबीचको सहअस्तित्व प्रवद्र्धनमा योगदान पुर्‍याउनेछ । 

मानव–बाघ द्वन्द्व समाधानका लागि बाघ संरक्षण केन्द्र स्थापना गर्न सम्झौता

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजस्व सङ्कलन

मानव–बाघ द्वन्द्व समाधानका लागि बाघ संरक्षण केन्द्र स्थापना गर्न सम्झौता

काँग्रेस दैलेख–२ मा प्रतिनिधि छनौंट विवाद

Leave a comment

Your email address will not be published. Required fields are marked *