राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसार बुधबार आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै राष्ट्रिय सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन […]