वास्तविक श्रमिक श्रममा नै व्यस्त, दिवस औपचारिकतामै सिमित
बुधबार बिहान मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालय सुर्खेतको परिसरमा निर्माणाधिन भवनमा करिब १५ जना बढी कामदार काममा व्यस्त थिए । उनीहरुलाई न ३५ औं विश्व मजदुर दिवस बारे थाहा थियो न त विश्वविद्यालयको सभाहलमा हुने औपचारिक कार्यक्रममा नै निम्तो थियो । श्रम तथा रोजगार कार्यालय सुर्खेतको आयोजनामा उक्त सभाहलमा हुने कार्यक्रममा सरकारी कर्मचारीसहित निजी क्षेत्रका रोजगारदाताहरु […]




