पोलियोविरुद्धको खोप प्रभावकारी, बालबालिकालाई आग्रह

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ । आईतवारदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए । “खोपको प्रभावकरिता उच्च रहेको छ । […]