सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मंगलवार बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई मंगलवार साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए । द्वापरयुगमा भगवान श्रीकृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी […]




