अब राजनीतिक दलहरू आफैँले उत्पादनमा काम गर्नुपर्ने
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबहादुर चन्दले अब दलहरू आफैँले उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । उनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता र कार्यकर्ता बनाउन दलहरू आफैँले उत्पादनका क्रियाकलापमा प्रत्यक्षरुपमा जोडिएर काम गर्नुपर्ने बताए । उनको पार्टी सम्बद्ध उत्पादन विभागले जुम्लाको हिमा गाउँपालिका–७, गाडुल्यामा स्याउ खेती लगाएको छ । स्याउका विरुवा रोपण कार्यक्रममा महासचिव चन्दले कोरा […]



