व्यवसायीले पाएनन् दुई वर्षदेखिको भुक्तानी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री आपूर्ति गरेका व्यवसायीले रकम पाउन सकेका छैनन् । रकम पाउन नसक्दा समस्या भएको उनीहरूको भनाइ छ । प्रतिष्ठानबाट रकम पाउन नसक्दा व्यवसायी मारमा परेको रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्ती मगरले जानकारी दिए । उनले प्रतिष्ठानलाई सामग्री दिएको ६ करोड ११ लाख रुपैयाँ पाउन नसकेको बताए […]



