मिडिया काउन्सिललाई अब आमसञ्चार परिषद् बनाइने

राष्ट्रियसभाको विषयगत समितिमा छलफल प्रारम्भ भएको मिडिया काउन्सिल विधेयकलाई आमसञ्चार परिषद् विधेयकका रुपमा अघि बढाउने विषयमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा सांसदहरुले मिडिया काउन्सिल विधेयकको नेपाली नामाकरण गरिनुपर्ने माग राखेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिलको नाम परिवर्तन गर्न सकिने बताएका थिए । बैठकमा सांसदहरुले आमसञ्चार […]

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताए । ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए । “विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको […]

खाद्यान्न र नुनमा अनुदान दिई कर्णालीवासीलाई अल्छी र बेबकुफ बनाइयो: सांसद बिष्ट

राष्ट्रियसभा सदस्य नरबहादुर बिष्टले कर्णालीका जनतालाई अल्छी र बेबकुफ बनाउन प्रदेशमा खाद्यान्न र नुनमा अनुदान दिइएको बताएका छन् । शुक्रवार राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा राष्ट्रियसभा सदस्य बिष्टले यस्तो बोलेका हुन् । रैथाने बालीका लागि अनुदान र सिँचाइ सुविधाको व्यवस्था हुनुपर्ने माग गरे । उत्पादनमूलक कुरामा अनुदान दिनुको साटो कर्णालीवासीलाई अल्छी बनाउन राज्यले खाद्यान्न र […]

सम्पादकीय :किन सुनिँदैन राष्ट्रियसभामा कर्णालीको आवाज ?

राष्ट्रिय सभाका एक तिहाई सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ । तीमध्ये कर्णालीबाट प्रतिनिधित्व गर्ने भैरवसुन्दर श्रेष्ठ, नरपति लुहार र नन्दा चपाईको कार्यकाल सकिन लागेको हो । निर्वाचन कार्यतालिका अनुसार सोमबार ती सिटमा उम्मेदवार मनोनयन भइसकेको छ । तीन सिटमा सत्ता गठबन्धनमा आवद्ध दल र एमाले उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ । कर्णालीमा नेपाली कांगे्रसका कृष्णबहादुर […]

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीका तीन सिटमा चुनाव हारेकादेखि पूर्वमन्त्रीसम्मको दाबी

आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली क्षेत्रबाट खाली हुन लागेका तीन सिटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र छलफलले तीव्रता पाएको छ । चुनाव हारेकादेखि युवाहरु राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफूले पाउनुपर्ने भन्दै तीव्र लबिङमा लागेका छन् । कर्णालीमा यसपटकको चुनावमा राष्ट्रियसभा सदस्यका तीनवटा मात्र सिट छन् । गठबन्धनकै आधारमा […]