तातोपानी गाउँपालिकाको कार्यालय परिसरमै स्याउ बगैंचा
जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा स्थापना गरेको छ । कार्यालय वरिपरि खाली रहेको झण्डै तीन हजार वर्गमिटर जग्गामा स्याउ बगैंचा स्थापना गरिएको हो । पहिलो चरणमा ६५ वटा स्याउका विरुवा रोपेर बगैंचा स्थापना गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार किसानहरु स्याउ नर्सरीबाटै विरुवा खरिद गरेर बगैंचा स्थापना गरिएको हो […]




