छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ । छेकबार लगाएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवासीय क्षेत्र र खेतबारीमा जङ्गली जनावर आउन छाडेका हुन् । निकुञ्ज क्षेत्रबाट छिर्ने बँदेल, निलगाई, चित्तललगायत जनावरले खेतबारीमा लगाएको सागसब्जीदेखि अन्नबाली खाएर स्थानीय किसानलाई हैरान पारेका […]

बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीका लागि ५ लाख २० हजारको छात्रवृत्ति कोष स्थापना

सरला सुवेदी । बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले पहिलोपटक छात्रवृत्ति कोष स्थापना गरिएको छ । यो कोष बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले जंगली जनावरबाट भोग्दै आएका समस्याहरू र क्षतिहरूको समाधानका लागि समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् […]

‘वन्यजन्तु पुल’ले घटायो जोखिम

सडक र अन्य भौतिक पूर्वाधारले वन्यजन्तु जोखिममा परिरहँदा बर्दियामा भने वन्यजन्तुलाई राहत मिलेको छ । बबई सिँचाइ आयोजनामा वन्यजन्तुमैत्री पुल÷संरचना निर्माण गरिएपछि वन्यजन्तु मृत्युदर घटेको छ । नहरमा पुल निर्माण हुनुपूर्व हरेक वर्ष औसतमा ४/५ वटा वन्यजन्तुको मृत्यु हुने गरेकोमा एक वर्षयता त्यस्तो अप्रिय घटना भएको छैन । कूल ४१ किलोमिटर लामो नहरको दुई खण्डमा […]

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए । उनका अनुसार एक वर्षको […]

वन्यजन्तुको चोरीसिकारी

बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलका लोपोन्मुख वन्यजन्तुको अवैध रूपमा चोरीसिकारी बढेको छ । बारेकोट गाउँपालिका–४ का मोहन सिंहका अनुसार लोपोन्मुख वन्यजन्तु कस्तुरी, मृग, रेडपान्डा, भालु, बाघ, चिरकालिज, बँदेल, रतुवा, झारल जस्ता वन्यजन्तुको चोरीसिकारी भइरहेको छ । बारेकोटमा विश्वमै लोपोन्मुख वन्यजन्तु पाइन्छ । चोरीसिकारी रोक्न सरकारी पक्षको कुनै पहल भएको छैन । बारेकोटका सामुदायिक वनमा वन्यजन्तुका लागि फलामे पासो, पासा, नाइलनको […]