बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीका लागि ५ लाख २० हजारको छात्रवृत्ति कोष स्थापना

सरला सुवेदी ।

बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले पहिलोपटक छात्रवृत्ति कोष स्थापना गरिएको छ । यो कोष बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले जंगली जनावरबाट भोग्दै आएका समस्याहरू र क्षतिहरूको समाधानका लागि समुदाय स्तरमा सचेतनाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यसै बीचमा, बन्यजन्तुबाट प्रभावित परिवारका विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि जेडएसएल नेपाल र साझेदार संस्था इन्रुडेक बाँकेले छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

यस कोषले विद्यार्थीको उच्च शिक्षामा ठूलो सहयोग पुर्याउने कुशुमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेन्द्र बहादुर बस्नेतले बताए । उनले भने, “यो कोषले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

मध्यवर्ती क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई बाघ र अन्य जंगली जनावरहरूको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं १ का अध्यक्ष यमबहादुर खड्काले पनि छात्रवृत्ति कोषमा वडाको तर्फबाट सहयोग र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इन्डुरेक बाँकेका परियोजना अधिकृत मनिष घिमिरेका अनुसार, पहिलो चरणमा कुशुमेश्वर माध्यमिक विद्यालयमा ५ लाख २० हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिएको छ र भविष्यमा अन्य विद्यालयमा पनि छात्रवृत्ति कोष विस्तार गरिनेछ ।

राप्ती मध्यवर्ती क्षेत्रका उपभोक्ताहरू वन्यजन्तुका उच्च जोखिममा रहेका छन्, र मानव र वन्यजन्तुका बीच सहअस्तित्व कायम राख्दै यो क्षेत्रका बासिन्दाले संरक्षणका कार्यमा महत्वपूर्ण योगदान दिएका छन् ।

पछिल्लो समय, विद्यार्थी लक्षित छात्रवृत्ति कोषले उच्च शिक्षामा योगदान पुर्याउँदै विद्यार्थीहरूको भविष्यका लागि एउटा महत्वपूर्ण कदम सावित हुँदैछ ।

बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीका लागि ५ लाख २० हजारको छात्रवृत्ति कोष स्थापना

कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु,

बाँकेमा वन्यजन्तुबाट प्रभावित विद्यार्थीका लागि ५ लाख २० हजारको छात्रवृत्ति कोष स्थापना

YUGAAWHAN NATIONAL DAILY (2081-08-07)