सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन

सल्लाको खोटो सङ्कलनबाट दाङमा ३२ लाख बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालय दाङले आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री बाट ३२ लाख ७३ हजार दुई सय ६९ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये […]

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा टिप्न करिब […]

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि

नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । गत आवको फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा ११ अर्ब ५९ करोड […]