शुक्रबार नै प्रधानमन्त्री बन्ने ओलीको तयारी

नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबार नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुक्रबार नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी भइरहेको स्रोतले बतायो । बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक डाँकिएको छ । जहाँ प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम […]