वर्षा भएसँगै डेङ्गीको सङ्क्रमण बढ्यो, देशभर १४ हजारभन्दा धेरै बिरामी

देशभर डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा धेरै पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । केही दिनअघि पानी परेका कारणले डेङ्गी सङ्क्रमण बढाएको उनले बताए । अहिलेसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । […]

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको मंगलवार जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा […]