त्रिभुवन जनता माविमा अनिश्चितकालिन तालाबन्दी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । विद्यालयमा कार्यरत ६ जना कर्मचारीहरु पदमुक्त गरिएको भन्दै पीडित कर्मचारीहरुले अल्टिमेटमसहित विद्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाको सबैभन्दा जेठो विद्यालयका रुपमा चिनिने यस विद्यालयमा गत वर्षदेखि विद्यालय प्रशासन, व्यवस्थापन समिति र कर्मचारीहरुबिच भएको विवादको कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको गुनासो […]



