पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ । गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । मृतक चलाउनेकी घाइते ११ वर्षीया […]

पहिरो हटाउन एक हप्ता लाग्ने

कर्णाली राजमार्गमा गएको पहिरो हटाउन कम्तीमा एक हप्ता लाग्ने भएको छ । केही दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । बुधबार दिउँसोबाट भएको वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका–१, दहीखोला, गगनेखोलादेखि एसमोडसम्म पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । दैलेख जिल्लाको आठबिस नगरपालिका–५, खिड्कीज्युलादेखि कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोडसम्म करिब नौ किलोमिटर सडकमा पहिरो गएको छ । […]

राज्यको उपेक्षाले सास्ती भोग्दै यात्रा गर्दै नागरिक

बुधबार राती परेकोे अविरल बर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अबरुद्ध भएको राजमार्ग एकतर्फि मात्रै खुलाउनका लागि कम्तिमा तीनदेखि चार दिन लाग्ने छ । कर्णाली राजमार्ग अन्र्तगतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोट शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत भएको छ । यो खण्डमा पर्ने […]

पहिरोले दाङ–सल्यान–सुर्खेत सडक अवरुद्ध

सुख्खा पहिरोले मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ–सल्यान कालिमाटी–सुर्खेत सडक मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । सल्यानको कालिमाटी गाउँपालिका –४ टटेलीमा गएको सुख्खा पहिरोले उक्त राजमार्ग अन्तर्गत दाङ–सल्यान कालिमाटी– सुर्खेत सडक अवरुद्ध भएको हो । सडक बिहानैदेखि अवरुद्ध भएपछि सुर्खेतबाट सल्यानको कालिमाटी हुँदै तुलसिपुर जाने र दाङको तुलसीपुरबाट सुर्खेत जाने यात्रुहरु बीचैमा अलपत्र परेका छन् । […]

पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक […]

पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा न–३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगेको बताए । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर […]

बागलुङ पहिरो : ८ जनाको ज्यान गयो, बेपत्ता २ जनाको खोजी चल्दै

बागलुङमा पहिरोमा पुरिएर आठ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका वडा नम्बर ९ र वडा नम्बर १० मा गरी अहिलेसम्म आठ जनाको ज्यान गएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । पहिरोमा परी वडा नम्बर १० मा मालती बुढा, मधु बुढा, सञ्जु विकको ६ महिने छोरी, मनोज बुढा, अमन […]

जाजरकोटका भूकम्प पीडितको टहरामा पहिरो खस्यो, चार जनाको हेलिकप्टरबाट उद्दार

      जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाईते भएका छन् । गए राति साढे नौ बजेको समयमा जिल्लाको कुशे गाउँपालिका–८ को दल्लेनामा टहरा माथिबाट खसेको पहिरोमा परी चार जना गम्भिर घाइते भएका छन् । गम्भिर घाईतेहरुको थप उपचारका लागि बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याईएको छ […]

पहिला भूकम्पले जोगिए, अहिले पहिरोले लग्यो

१७ कार्तिक २०७९ को मध्यरात जाजरकोट र रुकुमपश्चिममा ठुलो बज्रपात प¥यो । जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रविन्दु भएर गएको घातक कम्पनले दुई जिल्लामा सन्नाटा छाएको थियो । एक सय ५४ जनाको ज्यान लिने गरी गएको भूकम्पले जारकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय तथा भौतिक संरचनामा क्षति पुग्न गयो । हजारौ घरहरु बस्न नमिल्ने गरी […]

वडा कार्यालय निर्माण गर्दा स्थानीयको घर पहिरोमा

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर २ मा सरकारकै कारणले नागरिकलाई सास्ती भएको छ । नगरपालिकाको लगानीमा निर्माण भइरहेको वडा कार्यालय भवनका कारणले स्थानीय धनसुरे सार्कीको परिवार विस्थापित भएको छ । निर्माण व्यवसायी र नगर नगरपालिकाको लापरवाहीले सार्की परिवारको बिचल्ली भएको हो । दुवै छोराको मृत्युपछि नाति नातिनाको सहारा बन्नुभएका ७५ वर्षीय सार्की अहिले नाबालक […]

पहिरोको जोखिम भएपछि च्याउपानीका ११ परिवारलाई अन्यत्र सारियो

भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो । कार्यालयका प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले भेरी–१ च्याउपानीका पहिराको […]

दुई दिनदेखि कर्णाली राजमार्ग बन्द, बर्षातले पहिरो पन्छाउन अवरोध

शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ । विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका […]

बाढी, पहिरो र डुबानमा पुरिएर देशभर १४ जनाको मृत्यु

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा […]