पटका प्रतिबन्ध कागजमा, पड्काउने स्वतन्त्रता व्यवहारमा !
हैन ! सरकारले पटका भित्र्याउन र पटकाउन नपाईने, शान्ति सुरक्षा दुरुस्त राख्ने,धुवाँ ध्वनि प्रदुषण केही गर्न नपाईने भन्ने कुरा सुनिन्थ्याे त अनि याे देशकाे राजधानी भित्रमात्रै हैन कि अधिराज्यभरै पटका ओसार पसार राेक्याजस्ताे त लाएन त ! गाेडा तिनेक दिनदेखि रातदिन पटका पटकाउन कतै राेक्यीया छैन । कानका जालि फुटनेगरि पट्क्या पट्क्यै छन । पुरानाे पुलिसले त पटका ल्याउन सकेन रे ! पैलै भित्र्याथ्याे भित्रीयाे तर हरेक टाेलटाेलमा पटकिएका पटकियै छन तर कतै पनि पुलिस आएर पटकाउन राेक्या कतै देखिन्न त ! भन्ने बेला नयाँ आईजीपि साहब,नयाँ सरकार सबै शान्ति सुरक्षा मजवुत बनाउन पुलिस परिचालन भाछन भन्नू हुन्छ त हामी सर्वसाधारणका अगाडि कानका जालि फुटने गरि पटकाउँदा हामी मुकदर्शक भएर बस्ने सिबाए अरु छैन । अब्जेक्सन गरम् जेनजीका झाेक चलेभने मान्छेसितै घराँ आगाे लाएर जलाईदेलान भन्ने डर ! तिनदिन त कष्ट झेलियाे अँझ अरु ३ दिन कसरी कष्ट झेल्ने हाे । के साँच्चै पुलिस प्रशासनले पटका ल्याउन नदिने प्रण गर्थ्याे भने पैलाे कुरा तराईका भारतीय सिमासित जाेडिएका हरेक जिल्लाबाट आउने साना ठूलागाडि वा दुई पाङ्ग्रे साधनसँगै मानिस समेतकाे चेक गरेर पटका भित्रीन राेकिन सकिन्थेन र सकिन्थ्याे नि तर याे देशकाे पुलिस भन्छ एक गर्छ अनेक त्यसैले देशमा तस्करी हुनुमा पुलिसकै हातछ भन्नलाई हिच्किचाउनु पर्दैन । बेलाबेलामा देखिने घटनाले लागू आैषध र तष्करिमा पुलिसनै मुछिएका घटनाले र अकेजनल्लि राेकथाम गर्नु पर्ने काममा नि पुलिसनै जाेडिने गर्या हुनाले पुलिसप्ति जनताकाे भराेस उठ्या हाे । राजधानी भित्र भित्रीने ३ वटा राजमार्ग वा सडकमा तष्करीका माल राेक्न निरन्तर पुलिस खटाउने र त्यसकाे अनुगमनका लागि अर्काे याैटा टिम बनाउने हाे र देश र जनताका लागि केही गर्नु पर्छ भनेर काममा खटिएका मान्छेले यति सानाे मुलुकमा तष्करी र अपराध राेक्न सकिन्न र ? सकिन्छ नि तर , यहाँ त कुनै हाकिमका नाममा ,कुनै न्यायाधीशका नाममा अनि कुनै राजनीतिज्ञ वा मन्त्रीका नाममा या आफन्तका नाममा निष्पक्ष ,निडर र निर्भीक भएर काम नगरि दिनाले कमाण्डरले भनेजस्तो गर्ने र आैपचारिकता पूरा गर्ने अनि तल्लाे तहमा खटिएकाहरुले काम गरेर न पुरस्कार पाउने न नगरेर दण्ड पाउने? यस्ताे अबस्थाँ उनरले नि किन काम गर्ने ? अनि हाम्रा अभिभाबक राज्यले बर्जित गरेकाे बस्तु त न किनेर ल्याउनु न बच्चा बच्चिलाई किन्न दिनु नि ! तर,अँह अभिभाबक आँफै खाेजिखाेजि बच्लाई दिन्छन र बर्जित बस्तु किनेर ल्याकाेमा आँफुलाई गाैरवान्वित सम्झिन्छन । अनि त्याे बच्चाशीत सँगसँगै लागेर आफू पनि पटका पडकाउँछन अनि त्यसपछि त्याे बच्चाेपनि रातिकाे १२ एक बजेसम्म पटका पटकनयर बसिरहन्छ । त्याे बच्चाका अभिभाबकहरु छाेरा छाेरीकाे त्याे गैर कानुनी हर्कतलाई भाेलिपल्ट छिमेकिका अगाडि वर्णन गर्छ र आफू र आफ्नाे परिवारकाे शिर उचाे गरेको गाैरव गर्दै त्यहाँबाट निस्कन्छ तर त्याे अभिभाबकले राज्यले वर्जित गरेकाे बस्तु ल्याएर पटकाएर छिमेकिकाे समेत निद हराम गरेकाे र आँफुले पनि गैरकानुनी काम गरेकाे पटक्कै अनुभूति गर्दैन । यस्ताे स्वार्थी समाज र देशकाे निकृष्ट सुरक्षा निकाय कैलेसम्म रहने हाेला ? के हामी ,जाे यस्ता कुराबाट टाढा रहन चाहन्छम् त्यस्ताे हाम्राे याे पिडिकाे भाग्यमा सुख,शान्ति र अमनचैन लेख्या छैन हाेला त ! हामीले सँधैभरि दिनहुँ कुनै न कुनै ,याे राज्य,उसकाे निकाय,अनि याे समाजमा बस्ने यस्ता गैरकानुनी हर्कत गर्ने मान्छेहरुका निकृष्ट व्यवहार सहँदै जानू पर्ने हाे । आखिर पुरानाले कैल्यै राम्रो गरेनन् हामीले राम्रो गर्छम भन्नेहरुले नि त सर्वसाधारण जनताकाे शान्ति पुर्वक बाच्न पाउने, हक त संरक्षण गर्न सकेकाे देखियन त । ऐले त समाज झन्झन् भाँडिदै गएकाे पाे देख्छु त म त ! जेनजीका नाममा जे पनि गर्न पाईन्छ भन्ने घटना दैनिक दाेहरिनु , मान्यजनप्रति सम्मान र सानाप्रति मायाँकाे भाव हराउँदै जानू जस्ता विकृतिले पनि समाज थिलाेथिलाे पर्दै गै रहेकाेछ । हेराैँ समाजकाे याे रुप कैलेसम्म रहने हाे । सुधार गर्नेले साेचेछन भने सुध्रिँदै जाला हैन भने अँझै अगाडि के के देख्नु पर्ने हाे देख्दै जानू पर्ने बाध्यतासिवाय हामीसित केही छैन ।



